आगामी आर्थिक वर्षको बजेट २८ मेमा प्रस्तुत हुने अर्थमन्त्रीको घोषणा

241 Shares

न्युजील्याण्डकी अर्थमन्त्री निकोला विलिसले आगामी आर्थिक वर्षको बजेट २८ मे मा सार्वजनिक हुने घोषणा गरेकी छन्।

बुधबार बिहान संसदीय चयन समिति (Select Committee) मा बजेट नीति वक्तव्य (Budget Policy Statement) प्रस्तुत गर्ने क्रममा मन्त्री विलिसले बजेटको मिति सार्वजनिक गरेकी हुन्। उनले आगामी बजेट स्वास्थ्य, शिक्षा, रक्षा तथा कानुन–व्यवस्थाजस्ता आधारभूत सार्वजनिक सेवाको प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहने स्पष्ट पारिन्।

“यस सरकारको अभ्यासअनुसार बजेट जिम्मेवार हुनेछ। महत्वपूर्ण क्षेत्रहरूमा लगानी गरिनेछ र भविष्यमा आवश्यक काम गर्न सकिने सुनिश्चितताका लागि खर्चमा बचत पनि गरिनेछ,” अर्थमन्त्री विलिसले भनिन्।

उनका अनुसार बजेट २०२६ ले सरकारी वैकल्पिक खर्चमा कडा नियन्त्रण देखाउनेछ भने सीमित तर प्राथमिकतामा परेका प्रतिबद्धताहरूका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ। सरकारको ध्यान खर्च अनुशासन कायम राख्दै अत्यावश्यक सेवामा लगानी बढाउनेतर्फ केन्द्रित रहने उनले बताइन्।

सम्बन्धित समाचार

सबै