विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको निधन – New Zealand News Nepal (NZ News Nepal)

विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको निधन

   March 5, 2022  

विश्व चर्चित अष्ट्रेलियन क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । लेग स्पिनर वार्न थाइल्याण्डमा रहेका बेला अचेत भेटिएका थिए । उनको मेडिकल टिमले धेरै प्रयास गर्दा पनि होस आउन नसकेपछि मृत घोषणा गरिएको थियो ।  वार्नले १५ वर्षे क्रिकेट करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए । एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिएका थिए । सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वार्नले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।