ताजा अपडेट

अकल्याण्डमा एकै दिन दुई ठूला प्रदर्शन

250 Shares
तस्बिर: गौरव शर्मा
तस्बिर: गौरव शर्मा/RNZ

आज अकल्याण्डको CBDक्षेत्रमा दुईवटा ठूला प्रदर्शन एकैसाथ सञ्चालन भएका छन्। बिहानदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

पहिलो प्रदर्शन Freedom and Rights Coalition को नेतृत्वमा Destiny Church द्वारा आयोजना गरिएको हो। प्रदर्शनकारीहरू Victoria Park मा भेला भएका थिए। Destiny Church का नेता Brian Tamaki ले “March to Save New Zealand” नाम दिइएको जुलुसको नेतृत्व गरेका थिए। समूहले Auckland Harbour Bridge पार गर्ने योजना बनाएको थियो।

तर New Zealand Police ले हार्बर ब्रिजमा मार्च गर्न अनुमति नदिएको जनाउँदै, पुलमा पुग्न नदिन ठूलो स्तरको प्रहरी अपरेसन सञ्चालन गर्‍यो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै भिक्टोरिया पार्क वरपरका सडकहरू अस्थायी रूपमा बन्द गरिएका थिए। केही समयपछि प्रदर्शनकारी समूह अन्ततः छरपस्ट भएको प्रहरीले जनाएको छ।

यसैबीच, अर्को प्रदर्शन Toitū Te Aroha को आयोजनामा भेदभावविरुद्ध तथा प्यालेस्टाइन, अरब र मुस्लिम समुदायको समर्थनमा आयोजना गरिएको हो। प्रदर्शनकारीहरू Britomart मा भेला भएर Queen Street हुँदै Myers Park तर्फ मार्च गरेका थिए।

दुवै प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरी तैनाथी बढाइएको र सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको थियो।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै