ताजा अपडेट

विदेशी लाइसेन्समा छैन कुनै परिवर्तन ! अरू केमा परिवर्तन हुँदै ?(बुँदासहित)

343 Shares

न्युजील्याण्ड सरकारले हाल प्रचलित Graduated Driver Licensing System (GDLS) लाई आधुनिक बनाउँदै व्यापक सुधारको घोषणा गरेको छ। यातायात मन्त्री Chris Bishop का अनुसार प्रस्तावित परिवर्तनहरूले युवा पुस्ताका लागि ड्राइभर लाइसेन्स हासिल गर्ने प्रक्रिया झन्झटमुक्त, कम खर्चिलो र समयअनुकूल बनाउनेछ। सन् २०११ पछि लाइसेन्स प्रणालीमा गरिन लागेको यो पहिलो महत्वपूर्ण संरचनात्मक परिवर्तन हो।

  1. Full लाइसेन्सको ड्राइभिङ टेस्ट हटाइने
    • Restricted लाइसेन्सबाट Full लाइसेन्समा जान अब दोस्रो प्रायोगिक (Driving) टेस्ट दिनु पर्दैन
    • यो सुविधा Class 1 (कार) लाइसेन्स मा मात्र लागू हुनेछ
  2. Learner लाइसेन्स अवधि बढाइने (२५ वर्षमुनिका लागि)
    • Learner अवधि ६ महिनाबाट १२ महिना बनाइने
    • तर अभ्यास घण्टा र स्वीकृत तालिम कोर्स पूरा गरेमा फेरि ६ महिनामा घटाउन सकिने
  3. Restricted लाइसेन्सको नयाँ अवधि
    • २५ वर्षमुनिका चालक: १२ महिना
    • २५ वर्षभन्दा माथिका चालक: ६ महिना
    • Defensive driving course गरेर अवधि घटाउने विकल्प हटाइने
  4. लाइसेन्स लिन कुल खर्च घट्ने
    • Class 1 कार लाइसेन्सको कुल खर्च
      • अहिले: $362.50
      • नयाँ प्रणालीमा: $282.50
    • कुल $80 सस्तो हुनेछ
  5. डिमेरिट अंक लागेमा कडा व्यवस्था
    • Restricted लाइसेन्समा डिमेरिट अंक लागेमा
      • थप ६ महिना Restrictedमै बस्नुपर्ने
  6. Zero Alcohol नियम विस्तार
    • सबै Learner र Restricted चालकका लागि
    • उमेर जति भए पनि रक्सी सेवन शून्य सीमा
  7. आँखा परीक्षण (Eyesight Test) कम गरिने
    • अब:
      • पहिलो लाइसेन्स आवेदनमा
      • लाइसेन्स नवीकरणमा मात्र
    • लागू: Class 1 (कार) र Class 6 (मोटरसाइकल)
  8. ड्राइभर तालिम दिने संस्थामा कडा निगरानी
    • NZ Transport Agency लाई
      • तालिम संस्थाको अनुगमन
      • आवश्यक परे निलम्बन गर्ने अधिकार
  9. Hazard Perception टेस्ट सर्ने
    • Full लाइसेन्स टेस्टमा रहेको hazard perception
    • अब Restricted लाइसेन्स टेस्टमै समावेश
  10. विदेशी चालक र ज्येष्ठ नागरिकमा कुनै परिवर्तन छैन
    • Overseas licence holders
    • Senior drivers
    • प्रक्रियामा यथावत्
  11. तीन वर्षपछि पुनरावलोकन
    • Ministry of Transport ले
    • सडक सुरक्षा, रोजगारी र आर्थिक प्रभाव मूल्यांकन गर्ने

कहिलेदेखि लागू ?

  • अधिकांश परिवर्तन: २५ जनवरी २०२७ देखि
  • Zero Alcohol नियम: छुट्टै प्रक्रियाबाट अघि बढाइने

यी सबै परिवर्तनहरू यातायात मन्त्री Bishop को नेतृत्वमा ल्याइएका हुन्, जसको उद्देश्य युवा र नयाँ चालकका लागि लाइसेन्स प्रणालीलाई सस्तो, सजिलो र सुरक्षित बनाउनु हो।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै