न्युजील्याण्डमा बेरोजगारी दर साढे नौ वर्षयताकै उच्च

223 Shares

न्युजील्याण्डमा बेरोजगारी दर बढेर ५.४ प्रतिशत पुगेको छ, जुन सन् २०१५ सेप्टेम्बरयताकै उच्च स्तर हो। यसअघि सेप्टेम्बर २०२५ त्रैमासिकमा बेरोजगारी दर ५.३ प्रतिशत थियो, जुन त्यसबेला नौ वर्षकै उच्च मानिएको थियो।

डिसेम्बर २०२५ त्रैमासिकमा बेरोजगारको संख्या १ लाख ६५ हजार पुगेको छ। यसअघिको सेप्टेम्बर त्रैमासिकमा यो संख्या १ लाख ६० हजार थियो। आज सार्वजनिक भएका तथ्यांकहरू अर्थशास्त्रीहरू र Reserve Bank को अनुमानभन्दा कमजोर देखिएका छन्।

Stats NZ ले सार्वजनिक गरेको तथ्यांकले गत वर्षको अन्तिम तीन महिनामा थप १५ हजार मानिसले रोजगारी पाएको देखाएको छ।

सम्बन्धित समाचार

सबै