बैतडीमा जन्ती बस दुर्घटना हुँदा ८ जनाको मृत्यु – New Zealand News Nepal (NZ News Nepal)

बैतडीमा जन्ती बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

   February 6, 2026  

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। 

बिहीबार बेलुका पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा बस दुर्घटनामा परेको हो। 

जन्ती लिएर पुर्चौडीबाट बझाङतर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस सडकबाट २ सय मटिर तल खसेको थियो। 

स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्।