विश्वकप: आज पहिलो खेल खेल्दै नेपाल, इंग्ल्यान्डसँग न्युजिल्याण्ड समयअनुसार राति १०:३० बजे प्रतिस्पर्धा

206 Shares

आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र इंग्ल्यान्डबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ। समूह ‘सी’ अन्तर्गतको यो खेल भारतको मुम्बईस्थित Wankhede Stadium मा आयोजना हुन लागेको हो। यो खेल न्युजिल्याण्ड समयअनुसार आज राति १०:३० बजे सुरु हुनेछ।

समूह चरणको दोस्रो खेलमा आमनेसामने हुन लागेका नेपाल र इंग्ल्यान्डबीचको भिडन्तलाई लिएर नेपाली क्रिकेट समर्थकहरू उत्साहित देखिएका छन्। विश्व क्रिकेटको बलियो टोली मानिने इंग्ल्यान्डविरुद्ध नेपालले कस्तो प्रदर्शन गर्छ भन्नेमा सबैको चासो केन्द्रित छ।

यो विश्वकप प्रतियोगितामा नेपालका लागि प्रत्येक खेल महत्वपूर्ण मानिएको छ, विशेषगरी ठूला राष्ट्रविरुद्धको प्रतिस्पर्धाले टोलीको आत्मविश्वास र अन्तर्राष्ट्रिय छवि दुवै बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै