विश्वकपमा नेपालको दोस्रो भिडन्त भोलि इटालीसँग

117 Shares

आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले भोलि बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार न्युजिल्याण्ड समय अनुसार राति १०:३० बजे सुरु हुँदैछ।

पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको हो।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ। अहिलेसम्म विश्वकपमा जितबिहीन भएको नेपालले इटालीलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्य राखेको छ।

नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।

यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ। सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी हुन्। विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन्।

इटाली क्रिकेट टिम कस्तो हो ?

युरोपको भूमि इटाली फुटबलको गर्विलो इतिहाससँगै क्रिकेट इतिहास बनाइरहेको टिम हो। इटालीको फुटबल इतिहासले क्रिकेटलाई छायामा पारेको छ। २०२६ को क्रिकेट विश्वकपमा इटालीले डेब्यु गर्दैछ। तीन पटक विश्वकप खेलिसकेको नेपाल भन्दा इटाली नयाँ छ। यो विश्वकपमा नेपाल र इटाली दुवै टिमले पहिलो खेलमा हारको सामना गरेका छन्। नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित हुँदा इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको पराजय भोगेको छ। दुवै टिमका लागि दोस्रो खेल जित्नैपर्ने दबाब छ।

नेपालले समूहको तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ।

सम्बन्धित समाचार

सबै