क्याबिन क्रूको हड्तालका कारण एयर न्युजिल्याण्डका ४६ अन्तर्राष्ट्रिय उडान रद्द, हजारौँ यात्रु प्रभावित

204 Shares

बिहिबार एयर न्युजिल्याण्डका ४६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । केबिन क्रूले काम बन्द गरेपछि थप उडानहरू पनि प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।

राष्ट्रिय ध्वजावाहक कम्पनीमा कार्यरत युनियनमा आबद्ध लामो दूरीका उडानका फ्लाइट अटेन्डेन्टहरूले बिहीबारदेखि दुई दिने हड्ताल सुरु गरेका हुन् । उनीहरूले तलब वृद्धि र कार्यपरिस्थितिमा सुधारको माग गर्दै औद्योगिक आन्दोलन थालेका हुन् ।

हड्तालका कारण एसिया र उत्तर अमेरिकातर्फ सञ्चालन हुने लामो दूरीका उडानसहित ४६ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरिएको कम्पनीले जनाएको छ । यसबाट करिब ९,५०० यात्रु प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

उडान रद्द भएपछि धेरै यात्रुहरू एयरपोर्टमा अलपत्र परेका छन् भने कतिपयले वैकल्पिक उडानको व्यवस्था मिलाउन कठिनाइ भोगिरहेका छन् । कम्पनीले प्रभावित यात्रुहरूलाई पुनः बुकिङ वा रिफन्डको विकल्प उपलब्ध गराइने बताएको छ ।

युनियन पक्षले आफ्नो माग सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम आउन सक्ने संकेत दिएको छ । यसले आगामी दिनमा अझ बढी उडान प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

सबै