इमिग्रेसन मन्त्री एरिका स्ट्यानफोर्डले एक्टिभ इन्भेस्टर प्लस (न्युजील्याण्ड गोल्डेन भिसा) कार्यक्रमअन्तर्गत हालसम्म ५७३ आवेदन प्राप्त भएको र करिब ३ अर्ब ३९ करोड अमेरिकी डलर लगानी प्रतिबसुरक्षितद्ध भएको जानकारी दिएकी छन् । जसमध्ये १ अर्ब ५ करोड डलर औपचारिक रूपमा सुरक्षित भइसकेको छ ।
गत वर्ष अप्रिलदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार ५० लाख डलर (ग्रोथ श्रेणी) र १ करोड डलर (ब्यालेन्स्ड श्रेणी) लगानी विकल्प राखिएको छ । यसअघि न्यूनतम लगानी सीमा १ करोड ५० लाख डलर थियो ।
मन्त्री स्ट्यानफोर्डले योजना मार्फत पूँजीसँगै अन्तर्राष्ट्रिय अनुभव र सञ्जाल पनि भित्रिएको बताइन् ।


