ताजा अपडेट

टी–२० विश्वकपमा न्युजील्याण्डको सानदार जित, सुपर–८ मा स्थान पक्का

167 Shares

टी–२० विश्वकप अन्तर्गत चेन्नईस्थि मा सम्पन्न खेलमा न्युजील्याण्डले क्यानडामाथि सहज जित हात पारेको छ।

पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा १७३ रनको सम्मानजनक योगफल तयार गरेको थियो। क्यानडाका ब्याट्सम्यान Yuvraj Samra ले ६५ बलमा उत्कृष्ट ११० रन प्रहार गर्दै टोलीलाई बलियो स्कोर दिलाएका थिए।

तर जवाफमा न्युजील्याण्डले लक्ष्य २९ बल बाँकी छँदै सहजै पूरा गर्‍यो। न्युजील्याण्डका लागि Glenn Phillips ले ३६ बलमा ७६ रनको विस्फोटक इनिङ्स खेले। त्यस्तै Rachin Ravindra ले ३९ बलमा ५९ रन बनाउँदै अर्धशतक पूरा गरे।

यो जितसँगै न्युजील्याण्डले सुपर–८ चरणमा स्थान सुरक्षित गरेको छ। सुपर–८ मा आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, प्रत्येक समूहमा चार टोली रहनेछन् र राउन्ड–रोबिन आधारमा प्रतिस्पर्धा हुनेछ।

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै