आइसिसी टी २० विश्वकपमा उपाधि दाबेदारमध्ये एक मानिएको अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको छ। समूह बी बाट श्रीलंका र जिम्बावे सुपर ८ मा प्रवेश गरेका छन्।
मंगलबारका लागि तय भएको जिम्बावे र आयरल्याण्डबिचको खेल वर्षाका कारण रद्द भएर उनीहरुले अंक बाढेसँगै अष्ट्रेलियाको सम्भावना समाप्त भएको हो। अष्ट्रेलियाले यसअघि तीन खेलमा दुई खेल हारिसकेको छ। श्रीलंका र जिम्बावेसँग अष्ट्रेलिया पराजित भएको थियो। जिम्बावे मंगबार आयरल्याण्डसँग पराजित भएको अवस्थामा उसको सम्भावना कायम रहन्थ्यो।
जिम्बावेले लगातार दुई खेल जितेको थियो भने मंगलबार आयरल्याण्डसँग अंक बाढेसँगै उनको ५ अंक भएको छ। समूह चरणमा उसको अन्तिम खेल श्रीलंकासँग छ।


