न्यूजील्याण्डमा नेपाल फेस्टिभल: अकल्याण्ड र क्राइस्टचर्चमा हुँदैछ भव्य तयारी – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डमा नेपाल फेस्टिभल: अकल्याण्ड र क्राइस्टचर्चमा हुँदैछ भव्य तयारी

   February 22, 2026  

न्युजील्याण्डमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि भव्य रूपमा नेपाल फेस्टिभल आयोजना गर्ने तयारी तीव्र पारेको छ। नेपाली कला, संस्कृति, परम्परा र खानाको स्वाद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यो महोत्सव दुई प्रमुख सहरमा सम्पन्न हुँदैछ।

पहिलो कार्यक्रम अकल्याण्डमा आयोजना हुनेछ। अप्रिल ११ मा Aotea Square मा हुने फेस्टिभलका लागि आयोजक संस्था New Zealand Nepal Society ले तयारीलाई तिब्र रुपमा अघि बढाएको जनाएको छ। कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, लाइभ संगीत, फेसन शो तथा नेपाली परिकारका स्टलहरू आकर्षणको केन्द्र रहनेछन्।

त्यस्तै, क्राइस्टचर्चमा अप्रिल १८ मा आयोजना गरिनेछ। साउथ आईल्याण्ड मा बसोबास गर्ने नेपाली समुदायको सक्रिय सहभागितासहित आयोजना हुने यस कार्यक्रमले नेपाली संस्कृतिलाई मुख्यधारमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। स्थानीय किवी समुदायको समेत उल्लेख्य सहभागिता रहने आयोजकहरूले बताएका छन्। क्राइस्टचर्चमा हुने कार्यक्रमको आयोजना गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले गर्दै छ ।

नेपाल फेस्टिभलले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने मात्र होइन, समुदायबीच आपसी एकता र सहकार्यलाई पनि मजबुत बनाउने विश्वास गरिएको छ। दुई सहरमा हुने यस वर्षको कार्यक्रम नेपाली समुदायका लागि विशेष उत्सवका रूपमा रहने अपेक्षा गरिएको छ।