न्युजिल्याण्ड संसदको आधिकारिक ‘एक्स’ बन्द गर्ने निर्णय, एकल निर्णय भन्दै पिटर्सले गरे बिरोध

154 Shares

न्युजिल्याण्ड संसदको आधिकारिक सामाजिक सञ्जाल एक्स अबदेखि बन्द हुने भएको छ । संसद सचिवालय को तर्फ बाट अब देखि पुरानो ट्विटर अर्थात एक्स मा पोस्ट नगर्ने घोषणा गरिएको छ। संसदको आधिकारिक खातामार्फत सार्वजनिक गरिएको सूचनाअनुसार अब संसदले उक्त प्लेटफर्म प्रयोग नगर्ने निर्णय गरेको हो।

यस निर्णयप्रति पुर्व उपप्रधानमन्त्री विन्स्टन पिटर्सले कडा प्रतिक्रिया दिएका छन्। उनले यस्तो गम्भीर र महत्वपूर्ण निर्णय संसदसँग परामर्श नगरी किन गरिएको भन्ने प्रश्न उठाएका छन्। “यस्तो महत्वपूर्ण र संवेदनशील निर्णय संसदसँग सल्लाह नै नगरी कसरी गरियो?” उनले बताएका छन्।

पिटर्सले एकपक्षीय निर्णय प्रक्रियाप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्, “स्वतन्त्रता यसरी नै हराउँदै जान्छ—जब नैतिकताको नाममा एकतर्फी निर्णय गरिन्छ। कसैले एउटा कुरा गर्न खोज्दा अन्य स्वतन्त्रतामाथि असर पर्न सक्छ।” उनले सामाजिक सञ्जाल प्लेटफर्म संसद र जनताबीचको महत्वपूर्ण सञ्चार माध्यम भएको उल्लेख गरेका छन्।

उनका अनुसार संसदका १२३ सांसद तथा ५३ लाख न्युजिल्याण्डवासीका लागि के नैतिक मार्गदर्शन हुने भन्ने निर्णय कुनै एक कार्यालयले गर्न नहुने धारणा राखेका छन्। उनले क्लर्कको कार्यालय वा सभामुखको कार्यालय १२३ सांसद वा सम्पूर्ण देशका लागि नैतिक मार्गनिर्देशक बन्न नसक्ने टिप्पणी गरेका छन्।

यस विषयमा संसदको तर्फबाट थप स्पष्टिकरण आउन बाँकी रहेको छ

सम्बन्धित समाचार

सबै