बीबीसीको विशेष बहस: महँगीका कारण युवापुस्ता न्युजिल्याण्ड छाड्दै ! (भिडियो)

229 Shares

बीबीसीले न्युजिल्याण्डमा बढ्दो जीवनयापन खर्च र युवापलायनको विषयमा एक विशेष भिडियो सामग्री सार्वजनिक गरेको छ। भिडियोमा उच्च घरभाडा, खाद्य सामग्रीको निरन्तर मूल्यवृद्धि तथा अवसरको अभावका कारण धेरै युवा देश छाड्न बाध्य भइरहेको तथ्य प्रस्तुत गरिएको छ। गत वर्ष न्युजिल्याण्डबाट बाहिरिने मानिसको संख्या इतिहासकै उच्च तहमा पुगेको उल्लेख गर्दै बीबीसीले यस अवस्थाले देशको भविष्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ।

बीबीसीको कार्यक्रममा राजनीतिक नेताहरूको प्यानलले देशभरबाट आएका प्रश्नको सामना गरेका छन्। प्यानलमा Chris Bishop (नेशनल पार्टी, आवास, यातायात तथा पूर्वाधार मन्त्री), Ginny Andersen (लेबर पार्टी, रोजगारी तथा आयसम्बन्धी प्रवक्ता), Shane Jones (न्युजिल्याण्ड फर्स्टका उपनेता तथा महासागर तथा मत्स्य मन्त्री) र Marama Davidson (ग्रीन पार्टीकी सह–नेता) सहभागी छन्। कार्यक्रमका प्रस्तोता जोनी डाइमन्डले नेताहरूसँग युवापलायन रोक्न के उपाय अपनाउने भन्ने विषयमा गहन बहस गरेका छन्।

भिडियो:

सम्बन्धित समाचार

सबै