188
Shares
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणमा न्युजिल्याण्ड र पाकिस्तान बीचको महत्वपूर्ण खेल वर्षाका कारण रद्द भएको छ।
कोलम्बोस्थित R. Premadasa Stadium मा हुने भनिएको खेल निरन्तर वर्षा भएपछि अम्पायरहरूले खेल रद्द गर्ने निर्णय गरेका हुन्।
खेल रद्द भएसँगै दुवै टोलीलाई १–१ अंक बाँडिएको छ। सुपर–८ चरणमा अघिल्लो चरणको अंक नजोडिने भएकाले प्रत्येक खेल महत्वपूर्ण मानिएको अवस्थामा यो नतिजाले समूह–२ को अंक तालिकामा रोचक प्रतिस्पर्धा थपिएको छ।
अब न्युजिल्याण्ड र पाकिस्तानले बाँकी खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिनेछन्।