ठुलो मात्रामा धनजनको क्षति गराएको क्राईसचर्च भुकम्प गएको १५ वर्ष पुरा – New Zealand News Nepal (NZ News Nepal)

ठुलो मात्रामा धनजनको क्षति गराएको क्राईसचर्च भुकम्प गएको १५ वर्ष पुरा

   February 22, 2026  

२२ फेब्रुअरी सन् २०११ दिउसो १२ बजेर ५१ मिनेट जादाँ न्युजिल्याण्डको साउथ आईल्याण्ड स्थित क्राईसचर्चमा शक्तिशाली भुकम्प गएको थियो । उक्त्त भुकम्प भएको आज १५ वर्ष पुरा भएको छ । भुकम्पको तिब्रता ६.३ रेक्टर स्केलको थियो र यसले क्राईसचर्चमा ठुलो मात्रामा धनजनको क्षति गराएको छ । भुकम्पबाट भौतिक क्षति ठुलो अनुपातमा भएको थियो । उक्त भुकम्पमा परि १८५ जनाले ज्यान गुमाएका थिए भने हजारौ मानिस घाईते भएका थिए । ६ महिना अघि मात्र सन् २०१० सेप्टेम्बरमा क्राईसचर्च मै अर्को ठुलो भुकम्प गरेको थियो । यस्को तिब्रता ७.१ रेक्टर स्केलको थियो । त्यस्को घाऊ निको हुन नपाउदै अर्को ठुलो भुकम्प गएको थियो । तिब्रताको हिसाबले अघिल्लो भुकम्प भन्दा सानो भुकम्प फेब्रुअरीमा गएपनि शहरमै केन्द्रबिन्दु भएकाले यसबाट ठुलो क्षति भएको थियो ।

भूकम्पका कारण ऐतिहासिक Christchurch Cathedral गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो, जसले शहरको पहिचानमै ठूलो धक्का पुर्‍यायो। हजारौँ घरहरू बस्न अयोग्य बनेका थिए र व्यापक रुपमा विद्युत्, पानी तथा सडक सञ्जाल अवरुद्ध भएका थिए।

न्यूजिल्याण्ड सरकारले तत्काल राष्ट्रिय सङ्कटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्य तीव्र बनाएको थियो। अन्तर्राष्ट्रिय समुदायले समेत सहयोग पुर्‍याएको थियो। त्यसपछि शहर पुनर्निर्माणको दीर्घकालीन योजना सुरु गरिएको थियो, जसअन्तर्गत नयाँ भूकम्प-प्रतिरोधी संरचनाहरू निर्माण गरिएका छन्। यद्यपि, विगत १५ वर्षमा शहरले पुनर्निर्माणमा उल्लेखनीय प्रगति गरेको छ र अहिले आधुनिक तथा सुरक्षित संरचनासहित पुनर्जीवित हुँदै गएको छ।

यो भूकम्प न्यूजिल्याण्डको इतिहासमा सबैभन्दा विनाशकारी प्राकृतिक विपत्तिमध्ये एकका रूपमा स्मरण गरिन्छ।