नेपथ्यको अकल्याण्ड कन्सर्टका लागि ‘वेटलिस्ट’ आजबाट खुल्दै

201 Shares

चर्चित नेपाली ब्यान्ड नेपथ्यको आगामी मे १० तारिखमा हुने अकल्याण्ड कन्सर्टका लागि टिकटको वेटलिस्ट आजबाट खुला गरिने भएको छ। कार्यक्रमप्रति बढ्दो उत्साह र दर्शकहरूको चासोलाई मध्यनजर गर्दै आयोजकले अग्रिम रूपमा वेटलिस्ट दर्ता प्रक्रिया सुरु गर्न लागेको हो।

कार्यक्रमका आयोजक लाखे ईभेन्ट्सका अनुसार संगीतप्रेमीहरूले आजदेखि कन्सर्ट टिकटका लागि वेटलिस्टमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्। वेटलिस्टमा सहभागी हुनेहरूले अनलाइन टिकटमा सबै भन्दा अगाडी पहुँच, विशेष छुट मूल्यमा टिकट खरिद गर्ने अवसर तथा कन्सर्ट का लागि अरूभन्दा पहिले आफ्नो सिट सुरक्षित गर्ने सुविधा प्राप्त गर्नेछन्।


नेपथ्यको अकल्याण्ड कन्सर्ट अकल्याण्डस्थित Due Drop Events Centre मा आयोजना हुँदैछ। कार्यक्रममा ब्यान्डले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ, जसले विदेशमा रहेका नेपाली दर्शकहरूलाई विशेष सांगीतिक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै