आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा न्युजिल्याण्डले आयोजक श्रीलंकालाई ६१ रनले पराजित गरेको छ। यो जितसँगै न्युजिल्याण्डले सेमिफाइनल पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ।
प्रतिस्पर्धात्मक खेलमा न्युजिल्याण्डले दिएको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा लक्ष्य पूरा गर्न नसक्दा ६१ रनले पछि रहँदै हार बेहोर्नुपर्यो। न्युजिल्याण्डका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकाको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए।
यस जितसँगै सुपर–८ चरणमा न्युजिल्याण्डले महत्वपूर्ण दुई अंक जोडेको छ ।


