मध्यपूर्वमा करिब २५ हजार न्युजिल्याण्डका नागरिक, यूएईमा सबैभन्दा बढी

209 Shares

मध्यपूर्व क्षेत्रमा जारी तनावका बीच करिब २० हजारदेखि २५ हजारसम्म न्युजिल्याण्डका नागरिक (किवी) त्यहाँ बसोबास गरिरहेको अनुमान गरिएको छ। क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै जाँदा तीमध्ये धेरै नागरिक प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरिएको छ। उल्लेखित विवरण सरकारको आधिकारिक भने डाटा होइन ।

सबैभन्दा ठूलो किवी समुदाय यूएईमा रहेको बताइन्छ। दुबई र अबुधाबीमा उल्लेख्य सङ्ख्यामा न्युजिल्याण्डवासी कार्यरत छन्। त्यस्तै Qatar, Saudi Arabia, Israel र Kuwait मा पनि हजारौंको सङ्ख्यामा किवी नागरिक रहेको अनुमान छ।

मध्यपूर्वमा रहेका अधिकांश न्युजिल्याण्डवासी उड्डयन, तेल तथा ग्यास उद्योग, शिक्षा, निर्माण तथा पूर्वाधार परियोजनामा कार्यरत छन्। धेरैजसो अस्थायी रोजगार सम्झौतामा रहेकाले र सबैले दूतावासमा अनिवार्य दर्ता नगर्ने भएकाले यकिन तथ्यांक सार्वजनिक रूपमा उपलब्ध छैन।

क्षेत्रीय द्वन्द्व चर्किंदै जाँदा त्यहाँ रहेका न्युजिल्याण्ड नागरिकको सुरक्षालाई लिएर चासो बढेको छ। न्युजिल्याण्ड सरकारले आवश्यक परेमा परामर्श, कन्सुलर सहयोग तथा आपतकालीन समन्वय गर्ने जनाएको छ।

सम्बन्धित समाचार

सबै