मौन अवधि सुरु हुनुअघि रविको सन्देश: २१ गते देशमा परिवर्तनको घण्टी बज्ने छ – New Zealand News Nepal (NZ News Nepal)

मौन अवधि सुरु हुनुअघि रविको सन्देश: २१ गते देशमा परिवर्तनको घण्टी बज्ने छ

   March 3, 2026  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते देशमा परिवर्तनको घण्टी बज्ने र कुशासनका पिताहरू अब संसदमा नदेखिने बताएका छन्। निर्वाचनको मौन अवधि सुरु हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले आगामी निर्वाच्नमा परिवर्तनले जित्ने उल्लेख गरे। 
‘मलाई विश्वास छ, फागुन २१ मा यो देशमा चेतनाको घण्टी बज्नेछ, परिवर्तनको घण्टी बज्नेछ । कुशासनका पिताहरू अब संसदमा देखिने छैनन्,’ उनले भेन,‘केवल सुशासन र अभिव्यक्ति स्वतन्त्रता मागेका युवाहरूको रगतले रङ्गिएका हातहरू र अनुहारहरूले संसदको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न पाउने छैनन् । कुशासन र अहङ्कारले हार्नेछ, परिवर्तनले जित्नेछ ।’
विगतमा आफुुलाई प्रतिशोध साँधेर संसदबाट समेत निकालिएको उनले बताए । आफ्नो जस्तो नजिरका आधारमा ५० औं सांसदलाई यस्तो मुद्दा लगाएर संसदबाट निकाल्न सकिने नजिर बन्ने उनको भनाई छ । ‘मेरोजस्तो मुद्दाको नजिर मान्ने हो भने एकैपटक ५० जना सांसदलाई यस्ता मुद्दा लगाएर संसदबाट निकाल्न सकिने रहेछ ।’ 

हाल आफुले जितेमा संसद टेक्न नपाउने भनेर प्रचार भएको भन्दै उनले त्यसको खण्डन गरेका छन् । 

उनले भनेका छन्–
यीनले मागेकै संसदीय समितिले मेरो सम्बन्ध कुनै पनि सहकारीसँग छैन भनेर स्पष्ट लेख्दा पनि यीनले मलाई छोडेनन्, मान्छे खोज्दै हात समाउँदै थप उजुरी गर्न लगाए, अहिले त सरकारले नै ममाथि प्रतिशोध साधेको भनेर अभियोगपत्र संशोधन सच्याउने निर्णय समेत गरेको छ, मैले चुनाव जितें भने संसद टेक्न पाउँदिन भनेर कुप्रचार गरिरहेका रहेछन्। तर, यिनीहरुलाई थाहा छैन कि, संसद नियमावली नमिची रवि लामिछानेलाई हिजो पनि रोक्न मिल्दैन थियो, भोलि पनि रोक्न मिल्नेछैन । अबको संसदमा न त्यस्ता सभामुख हुनेछन्, न त्यस्तो प्रतिशोध हुनेछ, न त्यस्तो अत्याचार हुनेछ । चितवन २ मा मैले पूर्ण तपाईहरुको प्रतिनिधित्व गर्नेछु । मतदाताको गौरव रहने र मतदाताले गौरव गर्ने काम गर्नेछु ।