नेपालमा प्रतिनिधि सभाको निर्वाचन आज – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा प्रतिनिधि सभाको निर्वाचन आज

   March 5, 2026  

नेपालमा आज प्रतिनिधि सभाको निर्वाचनका लागि देशभर मतदान भइरहेको छ। नेपाली समय अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ। देशभर एकै चरणमा मतदान भइरहेको हो।

५ वर्षे कार्यकालका लागि गठन हुने प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधि चयन गरिनेछ। यस निर्वाचनमा ६८ राजनीतिक दल र स्वतन्त्र गरेर ३४०६ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको छ भने मतदातालाई निर्धक्क भएर मतदान गर्न आह्वान गरिएको छ।

यस निर्वाचनलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आगामी राजनीतिक दिशानिर्देशनका रूपमा हेरिएको छ। निर्वाचनको मतगणना मतदान सम्पन्न भएसँगै सम्बन्धित केन्द्रहरूमा सुरु हुने जनाइएको छ।