नेपालमा बिहीबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि विभिन्न संस्थाले सार्वजनिक गरेको एक्जिट पोलले चासो बढाएको छ। सार्वजनिक भएको एक्जिट पोलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बन्ने सम्भावना देखिएको छ। एक्जिट पोलको अनुमान अनुसार रास्वपाले प्रत्यक्षतर्फ ७० भन्दा बढी सिट जित्न सक्ने देखिएको छ। समानुपातिकतर्फ पनि उल्लेख्य मत ल्याउने प्रक्षेपण गरिएकाले रास्वपा स्पष्ट बहुमत नजिक वा बहुमत आसपास सिट ल्याउन सक्ने आकलन गरिएको छ।
यस्तै, दोस्रो ठूलो दलका रूपमा नेपाली काँग्रेस रहने सम्भावना देखिएको छ। एक्जिट पोलअनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ४५ भन्दा बढी सिट जित्ने अनुमान गरिएको छ। त्यसैगरी नेकपा एमाल तेस्रो दल बन्ने देखिएको छ। एमालेले करिब ३० सिट हाराहारी जित्ने प्रक्षेपण गरिएको छ।
उता नेपाली कम्युनिष्ट पार्टीले भने कम्तीमा ७ सिट जित्न सक्ने एक्जिट पोलले देखाएको छ।
यद्यपि, मतगणना अझै सुरु नभएकाले एक्जिट पोललाई केवल प्रारम्भिक अनुमानका रूपमा मात्र लिनुपर्ने हुन्छ। वास्तविक परिणाम भने आधिकारिक मतगणना पछि मात्र स्पष्ट हुनेछ।



