321
Shares
बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई ७ दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको उनका वकिल सरोज घिमिरेले जानकारी दिए। लामिछानेलाई अब २७ गते पुन: अदालतमा पेस गरिनेछ। एक नाबालिकलाई होटलमा राखी बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको छ।