245
Shares
एसिया कप–२०२३ को सुपर–४ अन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बाँकी खेल आज (सोमबार) हुने भएको छ।
कोलम्बोको आर प्रेमदासा स्टेडियममा भइरहेको खेलमा वर्षा बाधक भएपछि खेल भोलिका लागि सारिएको हो। आज न्युजिल्याण्ड समय अनुसार खेल राती ९:३० बजे सुरु हुने छ।
पाकिस्तानले टस जितेर बलिङमा जाने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको भारतलाई ओपनरहरु रोहित शर्मा र शुभनम गिलले उत्कृष्ट सुरुवात गरेका थिए।भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो।
अब आज २४.१ ओभरदेखि खेल सुरु हुनेछ। भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो।
हिजो भएको खेलमा भारतका लागि विराट कोहली र केएल राहुल क्रिजमा थिए।