भोलीबाट अकल्याण्डमा ‘एभरेष्ट कप’ सुरु हुँदै

519 Shares

फूटबल प्रतियोगिता एभरेष्ट कपको तेस्रो संस्करण अकल्याण्डमा भोलीबाट सुरु हुँदै छ । अकल्याण्डस्थित माउन्ट ईडेनमा रहेको खेल मैदानमा प्रतियोगिताको तेस्रो संस्करण दुई दिन सम्म चल्ने छ । अकल्याण्डको गोर्खा फूटबल क्लबको आयोजनामा प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगितामा यो वर्ष न्युजिल्याण्ड भरिका १५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा गोर्खाली फूटबल क्लब ब्लु र वाईट, नेपलिज वरियर्स ए र बि, गोर्खाली फूटबल क्लब ब्लु, वाईट र ओरेन्ज, खुकुरी फूटबल क्लब, शेर्पा फूटबल क्लब, सिम्रिक युनाईटेड, कोनिन्न् गाईज, ड्रुक युनाईटेड, माउट ८८४८ फूटबल क्लब, मानवतु युनाईटेड र नेपाल युनाईटेडको सहभागिता रहने छ ।

सन् २०२० बाट सुरु भएको एभरेष्ट कप फूटबल प्रतियोगिताको पहिलो र दोस्रो संस्करण न्युजिल्याण्डको राजधानी वेलिङटनमा आयोजना गरिएको थियो । पहिलो संस्करणको बिजेता अकल्याण्ड नेपालिज फूटबल एसोसियन भएको थियो भने दोस्रो संस्करणको उपाधी क्राइसचर्चको  टिम लोत्साम्पाले जितेको थियो । कोरोनाको महामारीका बिच सन् २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।

सम्बन्धित समाचार

सबै