न्युजिल्याण्डका झन्डै ५० प्रतिशत जनता मान्दैनन् कुनै धर्म

596 Shares

क्षेत्रफलको आधारमा सानो देखिने न्युजिल्याण्डको जनसंख्या पनि सानो छ । यहाँ ५० लाखको हाराहारीमा मानिस बस्ने गर्दछन् ।
सुन्दा अचम्म लाग्न सक्छ तर लगभग २५ लाख मानिस न्युजिल्याण्डमा कुनै धर्म मान्दैनन् ।
कुल जनसंख्याको ३६.५ % मानिस क्रिस्चियन धर्म मान्छन् । ७० प्रतिशत युरोपियन मानिस बस्ने न्युजिल्याण्डमा अन्य धर्म मान्ने मानिस पनि छन् ।
१६.५ % जनसंख्या भएको न्युजिल्याण्डका रैथाने माओरी समुदाय भने उनिहरुकै माओरी धर्म मन्ने गर्दछन् । न्युजिल्याण्ड जनसंख्याको १.३ % माओरी समुदायले माओरी धर्म मान्ने गर्दछन् ।

त्यस्तै १५ % एसियन समुदाय बसोबास गर्ने यहाँ २.७% हिन्दू धर्म मान्ने गर्दछन् । त्यस्तै १.३ % ले ईस्लाम धर्म, १.१ % बौद्ध धर्म, र १.९ % ले अन्य धर्म मान्ने गरेका छन् । कुल जनसंख्याको ४८.२ % मानिसले भने आफ्नो कुनै धर्म नभएको र आफुले कुनै धर्म नमान्ने हालै गरिएको सर्वेक्षणले देखाएको छ ।

आफ्नो धर्म सम्बन्धी सर्वेक्षण गर्दा ६.७ % ले भने यसबारेमा कुनै जानकारी दिन मानेका छैनन् ।

सम्बन्धित समाचार

सबै