साउथ आइल्यान्डका विभिन्न क्षेत्रमा बिहानदेखि भारी हिमपात, सडकमार्ग प्रभावित हुन सक्ने

45 Shares

न्युजिल्याण्डको साउथ आइल्यान्डका विभिन्न क्षेत्रमा बिहीबार बिहानदेखि भारी हिमपात भईरहेको छ । विशेषगरी Porters Pass (SH73), Lewis Pass (SH7), Canterbury High Country र Otago का उच्च क्षेत्रमा भारी हिमपात जारी छ ।

Porters Pass (SH73) मा वर्षा राति हिमपातमा परिणत हुने र शिखर आसपास करिब १० देखि २० सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने पूर्वानुमान गरिएको छ । बिहीबार बिहान करिब ५०० मिटर उचाइसम्म पनि केही समय हिमपात हुन सक्ने बताइएको छ।

त्यस्तै, Lewis Pass (SH7) मा ८०० मिटरभन्दा माथि थप २ देखि ४ सेन्टिमिटरसम्म हिमपात हुन सक्ने र त्यसपछि बिहानै वर्षामा परिणत हुने अनुमान गरिएको छ।

Rangitata River को दक्षिणतर्फको Canterbury High Country तथा Arrowtown देखि Ranfurly सम्मको उत्तरी Otago क्षेत्रमा पनि ८०० मिटरभन्दा माथि पटक–पटक भारी हिमपात हुने सम्भावना छ। केही स्थानमा हिमपातको मात्रा मौसमसम्बन्धी चेतावनी जारी गर्ने मापदण्ड नजिक पुग्न सक्ने बताइएको छ।

कम उचाइमा समेत हिमपात हुन सक्ने भएकाले सडकमा हिउँ जम्ने, दृश्यता घट्ने तथा यात्रा जोखिमपूर्ण बन्न सक्ने सम्भावना रहेको छ। करिब ४०० मिटर उचाइसम्म पनि हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमका कारण विशेषगरी पहाडी सडकखण्डमा यात्रा प्रभावित हुन सक्ने भएकाले चालकहरूलाई यात्रा गर्नुअघि सडक तथा मौसमको पछिल्लो अवस्था जाँच गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। न्युजिल्याण्डको आधिकारिक मौसम सेवा MetService ले मौसमसम्बन्धी चेतावनी र सडक सुरक्षाका लागि नियमित अपडेट उपलब्ध गराउँदै आएको छ।

सम्बन्धित समाचार

सबै