न्युजिल्याण्डका तीन शहरमा तीज मेला, समीक्षा र खेमले नचाउने

43 Shares

न्युजिल्याण्डमा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा तीन शहरमा विशेष ‘तीज मेला २०२६’ आयोजना हुने भएको छ। मेलामा चर्चित कलाकार समीक्षा अधिकारी र खेम सेन्चुरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

ट्राभल कर्नरको प्रस्तुति तथा लाखे इभेन्ट्सको व्यवस्थापनमा आयोजना हुने तीज मेला सेप्टेम्बर ४ मा वेलिङ्टन, सेप्टेम्बर ५ मा क्राइस्टचर्च र सेप्टेम्बर ७ मा अकल्याण्डमा हुने आयोजकले जनाएको छ।

तीज विशेष कार्यक्रममा समीक्षा र खेमले आफ्ना लोकप्रिय गीत तथा नृत्य प्रस्तुत गर्दै नेपाली दर्शकलाई मनोरञ्जन दिनेछन्। कार्यक्रममा स्थानीय नेपाली समुदायको पनि सहभागिता रहने छ।

आयोजकका अनुसार तीजको सांस्कृतिक परम्परा, नेपाली संगीत र मनोरञ्जनलाई न्युजिल्याण्डमा एकै ठाउँमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस वर्षको तीजमा न्युजिल्याण्डका तीन प्रमुख शहरमा समीक्ष्या अधिकारी र खेम सेन्चुरीको सांगीतिक प्रस्तुतिले नेपाली समुदायमा थप उत्साह ल्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै