यो वर्षको बडा दसैंको टिका अक्टोबर १२ (असोज २६ ) तारिकका दिन परेको छ । अक्टोबर ३ (असोज १७ ) मा घटस्थापना छ भने यो दसैंमा एक दिन कम रहेको छ ।
यसपाली महाअष्टमी र महानवमी पर्व एकै दिन परेको छ । अघिल्लो वर्ष मलमासका कारण कार्तिकमा धकेलिएको दसैं यो वर्ष भने असोजमा परेको छ ।
तिहार भने कार्तिक १४ अर्थात अक्टोबर ३० का दिन सुरु हुने छ । तिहारमा पनि एक दिन कम रहेको छ , कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ भने भाईटिका नोभेम्बर ३ अर्थात कार्तिक १८ गते परेको छ ।
दसैंको टिका र भाईटिका को शुभसाईतको बारेमा भने पंचाङ्ग निर्णयक संघ निर्णय गर्न बाँकी रहेको छ ।


