1.1K
Shares
नेपाल प्रिमियर लिग (एनपीएल) मा आजबाट प्लेअफका खेलहरु सुरु हुँदै छ ।
आजको एलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्नेछन्। सो खेल न्युजिल्याण्ड समयअनुसार दिउसो ४:३० बजे सुरु हुनेछ। यो खेलको विजेताले दोस्रो क्वालिफासर्यस खेल्नेछ। पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ।
आज नै दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर बोल्ट्स खेल्नेछन्। सो खेल न्युजिल्याण्ड समयअनुसार राती ८:३० बजे सुरु हुनेछ।
यो खेलको विजेताले सिधै फाइनलमा स्थान पक्का गर्नेछ। पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ।
दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्। दोस्रो क्वालिफायर खेल बिहीबार हुनेछ। यसको विजेता फाइनल पुग्नेछ।
फाइनल खेल शनिबार हुनेछ।