नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजनको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को मिति घोषणा गरेको छ।
क्यानले एनपिएल १७ नोभेम्बर देखि काठमाडौंमा गर्ने घोषणा गरेको हो। यो सिजनको एनपिएल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।
त्यसका लागि सरकारले प्यारापिट र फ्लाड लाइट जडान गरिरहेको छ। सो काम एनपिएलअघि सकिने विश्वास छ।
यो सिजन पनि आठ टोलीले एनपिएलमा भाग लिनेछन्। त्यसका लागि टोलीहरुले ११-११ जना नेपाली खेलाडी भित्र्याइसकेका छन्।
अब विदेशी खेलाडी भित्र्याउने प्रक्रिया अघि बढाइनेछ। एनपिएलअघि नेपाल ओमानमा हुने आइसिसी टी-२० विश्वकप छनोट खेल्दैछ। सो छनोटमा सहभागी हुने नौ मध्ये शीर्ष तीनमा परे नेपाल विश्वकपमा पुग्नेछ।


