अकल्याण्ड चिडियाखानामा आगलागी, जनावर सुरक्षित – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्ड चिडियाखानामा आगलागी, जनावर सुरक्षित

   September 20, 2025  

अकल्याण्ड चिडियाखानामा शुक्रबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। फायर एण्ड इमर्जेन्सीका टोलीहरूले बिहान करिब ४:३० बजे सूचना पाएर घटनास्थल पुगेका थिए र आगो निभाएका हुन्। चिडियाखानाका प्रवक्ताका अनुसार आगलागीमा कुनै जनावर वा मानिसलाई क्षति पुगेको छैन र शुक्रबारदेखि चिडियाखानाको नियमित गतिविधि यथावत छ। आगो विद्युत स्विचरुमको छतमा केन्द्रित थियो र छ वटा दमकल परिचालन गरिएको थियो। स्व्याम्प फरेस्ट डोमको सर्भिस क्षेत्रमा भएको विद्युत गडबडीका कारण धुवाँ देखिएको थियो। चिडियाखानाका अनुसार ‘फेलसेफ’ प्रणाली तत्काल सक्रिय भएपछि आगलागीबाट ठूलो क्षति हुन पाएन।