ताजा अपडेट

Mount Maunganui पहिरोमा स्विडेनी पर्यटकको मृत्यु भएको पुष्टि

177 Shares

Mount Maunganui स्थित बिचसाइड होलिडे पार्कमा गत साता गएको पहिरोमा भेटिएको दोस्रो शवको पहिचान औपचारिक रूपमा पुष्टि गरिएको छ। दुर्घटनापछि आयोजित कोरोनर्स कोर्टको सुनुवाइले स्विडेनका २० वर्षीय पर्यटक मान्स लोके बर्नहार्डसनको मृत्यु भएको पुष्टि गरेको हो।

Tauranga Moana District Court मा बुधबार साँझ ५:३० बजे सम्पन्न सुनुवाइमा कोरोनर लुएला डनले बर्नहार्डसनको शव पहिचान भइसकेको र अब उनको पार्थिव शरीर परिवारलाई हस्तान्तरण गर्न सकिने आदेश दिएकी हुन्। उनी स्विडेनबाट आएका थिए र क्याम्पग्राउन्डमा दुई दिन मात्र बसेका थिए।

गत बिहीबार Mauao (माउआओ) पहाडको फेदीमा रहेको बिचसाइड होलिडे पार्कमा आएको पहिरोले शौचालय ब्लकमा क्षति पुर्‍याउँदै क्याम्परभ्यान र टेन्टहरू पल्टाइदिएको थियो। घटनापछि छ जना बेपत्ता भएको जानकारी प्रहरीले दिएको थियो।

यसअघि पहिरोका पहिलो मृतकका रूपमा १५ वर्षीय म्याक्स फर्स–कीको मृत्यु पनि औपचारिक रूपमा पुष्टि भइसकेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै