विदेश अध्ययन र भिसा परामर्श सेवामा सक्रिय एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज सेन्टरले आफ्नो न्युजिल्याण्ड शाखा बिस्तार गरेको छ । अकल्याण्ड स्थित कुविन्स स्टिरिट मा एक्सपर्टको शाखा संचालनमा आएको हो ।
एक्सपर्ट एक अग्रणी शैक्षिक तथा आप्रवासन परामर्श संस्था हो, जसको उपस्थिति विश्वका २३ देशहरूमा फैलिएको छ।
यस संस्थाले न्युजिल्याण्ड, अष्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई इमानदार, विश्वसनीय र पारदर्शी परामर्श सेवा प्रदान गर्दै आएको छ। एक्सपर्ट एजुकेसनमा योग्य र अनुभवी कन्सल्टेन्टहरूको टोली उपलब्ध छ, जसले विद्यार्थीहरूलाई विश्वभरका शैक्षिक साझेदार संस्थाहरूमा पहुँच दिलाउँछ।
संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि शिक्षा तथा भिसा सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ। हालसम्म १,५०,००० भन्दा बढी विद्यार्थीहरूलाई विदेशमा आफ्नो शैक्षिक लक्ष्य हासिल गर्न सहयोग गरिसकेको छ।
एक्सपर्ट एजुकेसनले न्युजिल्याण्ड, अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, जर्मनी र थाइल्याण्डका ६०० भन्दा बढी शैक्षिक संस्थाहरूसँग साझेदारी गर्दै विद्यार्थीहरूलाई आफूले चाहेको कलेज वा विश्वविद्यालयमा भर्ना हुन सहयोग पुर्याउँदै आएको छ।