रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र – New Zealand News Nepal (NZ News Nepal)

रोड टु यूएफसी–५ को सेमिफाइनल पुगे नेपालका कुस्तीबाज रवीन्द्र

   May 29, 2026  

नेपालका रवीन्द्र ढाँटले रोड टु यूएफसी सिजन ५ को सेमिफाइनल यात्रा तय गरेका छन्। 

आज भएको खेलमा उनले फिलिपिनी किम्बर्ट एलिनटोजनलाई पराजित गर्दै मिश्रित मार्सियल आर्ट्स (एमएमए) इभेन्ट सिरिजमा सफलता हात पारेका हुन्। 

यसमा सफलता पाए अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी)मा प्रतिस्पर्धाको अवसर मिल्नेछ। 

ढाँट यो प्रतियोगितामा जित निकाल्ने पहिलो नेपाली बनेका छन्। किम्बर्टविरुद्ध उनले ‘टेक्निकल नकआउट विन’ हात पारे।