वेलिङ्टनमा खुल्यो श्रीलङ्काली हाई कमिसन कार्यालय – New Zealand News Nepal (NZ News Nepal)

वेलिङ्टनमा खुल्यो श्रीलङ्काली हाई कमिसन कार्यालय

   May 29, 2026  

वेलिङ्टनमा श्रीलङ्काली उच्चायोग (हाई कमिसन) कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। श्रीलङ्काका विदेशमन्त्री विजिता हेराथ आफ्नो पहिलो न्युजिल्याण्ड भ्रमणका क्रममा वेलिङ्टनमा रहेको श्रीलङ्काली उच्चायोगको उद्घाटन गरेका हुन्।

सन् २०१४ पछि न्युजिल्याण्ड भ्रमण गर्ने उनी पहिलो श्रीलङ्काली विदेशमन्त्री बनेका छन्। उनको यो भ्रमण न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्सले कोलम्बो भ्रमण गरेको ठीक एक वर्षपछि भएको हो।

विदेशमन्त्री पिटर्सले न्युजिल्याण्ड र श्रीलङ्काबीचको सम्बन्ध न्यानो र तीव्र रूपमा विस्तार भइरहेको बताएका छन्। उनका अनुसार व्यापार, विकास सहकार्य, कमनवेल्थ र क्रिकेटमा रहेको लामो सम्बन्ध अब शिक्षा, पर्यटन, रग्बी तथा सुरक्षा सहकार्यसम्म विस्तार हुँदै गएको छ।

भ्रमणका क्रममा विदेशमन्त्री हेराथले वेलिङ्टनमा श्रीलङ्काको पहिलो उच्चायोग कार्यालय औपचारिक रूपमा उद्घाटन गरेका हुन्।

पिटर्सले श्रीलङ्काली उच्चायोगको स्थापना दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गर्दै यसले आगामी दिनमा अझ नजिकबाट सहकार्य गर्ने साझा प्रतिबद्धताको संकेत दिएको बताएका छन्।