फुटबलबाट नेयमारको सन्यास घोषणा – New Zealand News Nepal (NZ News Nepal)

फुटबलबाट नेयमारको सन्यास घोषणा

   July 6, 2026  

ब्राजिलियन फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ खेलमा ८० गोल गर्दै पुरुष राष्ट्रिय टोलीको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करियर टुंग्याएका हुन् । पराजयपछि भावुक बनेका नेयमारले भने, ‘मैले प्रयास गरें, धेरै प्रयास गरें । मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो । अब सबै सकियो ।’

सन् २०१० मा ब्राजिलबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका नेयमारले चारवटा फिफा विश्वकप खेले । उनले दुई ओलम्पिकमा पनि सहभागिता जनाउँदै २०१२ मा रजत तथा २०१६ मा ब्राजिललाई स्वर्ण पदक जिताएका थिए ।