आजका न्युजिल्याण्डका टप खबर नेपालीमा पढ्नुहोस्

497 Shares

ईन्डोनेसियामा मुख र खुट्टाबाट रोग फैलिन थालेपछि न्युजिल्याण्डमा पनि सजक हुनु पर्ने प्रधानमन्त्री जसिन्डा आर्डेनको धारणा, एक लाख रोजगार प्रभावित हुने खतरा ।

प्रवासी नेपाली मन्च न्युजिल्याण्डको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न, डा भगवान यादवको अध्यक्षतामा १४ सदस्यिय कमिटि गठन ।

न्युजिल्याण्डमा आज ६ हजार ९ सय १० जना कोरोना संक्रमित थपिएका छन् , थप १६ जनाको मृत्‍यु ।

देशभर मौसममा खरावी, नर्थ आईल्याण्डका बिभिन्न ठाउँमा सडक तथा विध्युत सेवा अवरुद्ध, साउथमा केही स्थानमा भारी हिमपात, मौसम खुल्न अझै केही दिन लाग्ने ।

सकियो स्कुल बिदा, आज बाट Third Term सुरु , स्कुलमा मास्क अनिवार्य ।

मंकीपक्स रोगबाट सजग रहन स्वास्थ्यविद्को न्युजिल्याण्डबासीलाई अनुरोध, हालसम्म दुई जना संक्रमित पुष्टी ।

सन् २०२१ मा पानीमा डुबेर मर्नेको संख्या ९० पुगेको तंख्याक सार्वजनिक , मर्नेमा सबै भन्दा बढी माओरी र एसियन समुदायका पुरुष ।

 

प्रस्तुती: सुष्मा बराईली

सम्बन्धित समाचार

सबै