रोहित पौडेल बने राष्ट्रिय क्रिकेट टिमको कप्तान

513 Shares

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिँदै राष्ट्रिय टिमको घोषणा गरेको छ। सन्दीप लामिछाने नाबालिग बलात्कारको अभियोगमा निलम्बित भएपछि कप्तानको जिम्मेवारी रोहितलाई दिएको हो। रोहितको कप्तानीमा युएईविरुद्ध खेलका लागि राष्ट्रिय टिमको घोषणा पनि गरिएको छ।

१६ सदस्सीय टिममा कप्तान रोहित पौडेलसँगै ज्ञानेन्द्र मल्ल,  दिपेन्द्रसिंह ऐरी, करन केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिसंकर साह, आदिल अलाम, अर्जुन साउद र गुल्सन झालाई समेत समेटिएको छ।  युएईविरुद्ध नेपालले नोभेम्बर १४ देखि १८ सम्म एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ।

सम्बन्धित समाचार

सबै