आठौं संस्करणको ‘तेन्जिङ- हिलारी कप’ ह्यामिल्टनमा आयोजना हुने

661 Shares

न्युजिल्याण्डमा आठौं संस्करणको तेन्जिङ हिलारी कप फूटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
यो संस्करणको फूटबल प्रतियोगिता ह्यामिल्टनमा आयोजना हुदैँ छ ।

आउदो फेब्रुअरीको ४ र ५ तारिकका दिन हुन लागेको प्रतियोगिताको आयोजना टिएचसी कमिटी, गोर्खाली फूटबल क्लब वाईकातो र नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाईटि ह्यामिल्टनले गर्न लागेको हो । टिएचसी कमिटीले बिगत ८ वर्ष देखि न्युजिल्याण्डका बिभिन्न शहरमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

सन् २०१५ बाट आयोजना हुँदै आएको यस प्रतियोगिताको अघिल्लो संस्करण भने कोरोनाका कारण स्थगित गरिएको थियो ।
खेलको माध्यमबाट न्युजिल्याण्डमा छरिएका नेपाली समुदायलाई एक बनाउन सहयोग पुग्ने उद्देश्यले यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

सम्बन्धित समाचार

सबै