आठौं संस्करणको तेन्जिङ हिलारी कप फूटबल प्रतियोगितामा न्युजिल्याण्डका ९ फूटबल टिमको सहभागिता हुने भएको छ ।
नर्थ आईल्याण्डको ह्यामिल्टन शहरमा हुन गईरहेको प्रतियोगिता आगामी फेब्रुअरी ४ र ५ तारिकका दिन आयोजना हुँदै छ ।
प्रतियोगितामा अकल्याण्डका ३, क्राइसचर्चका ३ र वाईकातो, वे अफ प्लेन्टी र मानवातुका १-१ टिम प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।
अकल्याण्डको खुकुरी फूटबल क्लब, गोर्खा फूटबल क्लब, माउन्ट 8848 फूटबल क्लब, क्राइसचर्चको नेपाल युनाइटेड फूटबल क्लब, काठमाडौं फूटबल क्लब, टिम लोत्सम्पा, वाईकातोको गोर्खाली फूटबल क्लब, वे अफ प्लेन्टीको नेपालीज वरियर्स फूटबल क्लब र मानुवातुको मानुवातु फूटबल क्लब प्रतियोगितामा सहभागि हुने छन् ।
प्रतियोगिता टिएचसी कमिटी, गोर्खाली फूटबल क्लब वाईकातो र नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाईटि ह्यामिल्टनले आयोजना गर्न लागेको हो । टिएचसी कमिटीले बिगत ८ वर्ष देखि न्युजिल्याण्डका बिभिन्न शहरमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।