‘एभरेष्ट कप’को तेस्रो संस्करण अकल्याण्डमा हुने

310 Shares

फूटबल प्रतियोगिता एभरेष्ट कपको तेस्रो संस्करण न्युजिल्याण्डको सबै भन्दा ठुलो शहर अकल्याण्डमा आयोजना हुने भएको छ ।
अकल्याण्डको गोर्खा फूटबल क्लबको आयोजनामा प्रतियोगिता आउदो सेप्टेम्बर अन्तिममा हुने बताईएको छ । आयोजकले मिती भने तय गरिसकेको छैन ।

सन् २०२० बाट सुरु भएको एभरेष्ट कप फूटबल प्रतियोगिताको पहिलो र दोस्रो संस्करण न्युजिल्याण्डको राजधानी वेलिङटनमा आयोजना गरिएको थियो । पहिलो संस्करणको बिजेता अकल्याण्ड नेपालिज फूटबल एसोसियन भएको थियो भने दोस्रो संस्करणको उपाधी क्राइसचर्चको  टिम लोत्साम्पाले जितेको थियो । कोरोनाको महामारीका बिच सन् २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।

सम्बन्धित समाचार

सबै