पूर्व राष्ट्रिय खेलाडी निरज बस्नेत न्युजिल्याण्डको नोम्याड्स युनाइटेड क्लबमा आबद्द

662 Shares

वर्ष दिन अघि न्युजिल्याण्ड पुगेका नेपाल कै पूर्व राष्ट्रिय खेलाडी निरज बस्नेतले त्यहाँ नोम्याड्स युनाइटेड क्लबबाट व्यवसायीक फुटबल खेल्ने भएका छन् । निरजले आफ्नो सामाजिक सञ्जालमार्फत क्लबसँग आवद्ध भएको तस्विरहरु पोष्ट गर्दै सो कुराको जानकारी गराएका हुन् ।

नेपाल मै रहँदा संकटा क्लबका लागि ए डिभिजन लिग समेत खेलेका निरजले त्यसबाहेक विभिन्न क्लबहरुबाट पनि मोफसल लगायत राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा व्यवसायीक फुटबल खेलेका थिए ।

निरजले न्युजिल्याण्डमा नोम्याड्सका लागि खेल्ने लिग भने साउदर्न लिग हो । न्युजिल्याण्डको दक्षिणी प्रान्तको यो लिग त्यहाँ हुने क्लब फुटबलको शिर्ष लिग समेत हो । यद्यपि न्युजिल्याण्डको भने यो दोस्रो श्रेणीको लिग हो । निरजले यो लिगमा राम्रो प्रदर्शन गर्न सके त्यहाँ थप नयाँ अवसर मिल्न सक्ने सम्भावना पनि छ ।

निरजले क्लबसँग के कति वर्षका लागि सम्झौता गरेको हो र कति पारिश्रमिकमा गरेको हो, त्यसबारे भने खुलाइएको छैन । यद्यपि उनका लागि न्युजिल्याण्डको फुटबल पक्कै पनि नयाँ गन्तव्य र अवसर बन्ने निश्चित छ ।

सम्बन्धित समाचार

सबै