IPL को Play off दौडबाट बाहिरियो Delhi Capitals

194 Shares

दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको दौडबाट बाहिरिएको छ।

पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि दिल्ली यस सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको छ।

पञ्जाबले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाएको थियो।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो।

योसँगै दिल्लीले यस सिजनमा आठौँ हार बेहोरेको छ। १२ खेलमा ८ अंकसहित पुछारमा रहेको दिल्ली प्लेअफको दौडबाट बाहिरिएको छ।

त्यसैगरी पञ्जाबले १२ खेलमा छैटौं जित हासिल गरेको छ। १२ खेलमा १२ अंकसहित पञ्जाब सातौं स्थानमा रहेको छ। पञ्जाबले बाँकी दुई खेल जितेमा प्लेअफको सम्भावना कायम रहेको छ।

 

सम्बन्धित समाचार

सबै