257
Shares
अष्ट्रेलियाबाट सञ्चालित लाहुरी टिभीको आयोजनामा पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्दै आएका कार्यक्रम ‘रजतपट’को विश्व यात्राको सुरुवात हुने भएको छ ।
आगामी जुन ९ तारिखको दिनदेखि अष्ट्रेलियाको सिड्नीस्थित बारगुड स्ट्रिट ग्राण्डह्विलमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा नेपाली चलचित्र तथा गीत संगीतको बारेमा छलफल हुने भएको छ ।
कार्यक्रममा प्रवेश गर्नका लागि २५ अष्ट्रेलियन डलरको टिकट काट्नु पर्नेछ । यस कार्यक्रममा सम्पूर्ण आयोजन र व्यवस्थापन लाहुरी टिभीले गर्ने भएको हो ।