भारतीय फिल्म तथा टेलिभिजनकी चर्चित अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । टिभी सिरियल ‘तारक मेहताका उल्टा चश्मा’मा बबिता जिको नामबाट उनी चर्चित छिन् । नेपालमा समेत चर्चित यो सिरियलमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर सेयर गरिरहेकी छन् । भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट फिल्ममा अभिनय थालेकी थिइन् । होलिडे उनको अर्को चर्चित फिल्म हो ।
पशुपतिनाथको दर्शन गरेपछि उनले आफु पुन: आफ्नो आमासँग पशुपतिनाथ आउने बताईन ।


