गायक रोबिन तामाङको निधन – New Zealand News Nepal (NZ News Nepal)

गायक रोबिन तामाङको निधन

   July 5, 2023  

चर्चित गायक तथा सङ्गीतकार रोबिन तामाङको निधन भएको छ ।  दिदी भगवतीले गायक तामाङको निधन भएको बताएकी छन् । उनका अनुसार गायक रोबिनको निधन बुढानिलकण्ठस्थित उनकै घरमा भएको हो ।

दर्जनौँ गीत गाएका रविन अभिनयमा सक्रिय र लोकप्रिय थिए । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि रविनले नै स्वर दिएका छन् । उनी रविन एण्ड द न्यू रेभोलुसन ब्याण्डका भोकलिस्ट पनि हुन् ।

आफन्तकाअनुसार उनको शवलाई पोस्टमार्टमका लागि अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।