अष्ट्रेलियालाई हराउँदै स्वीडेन महिला विश्वकप फुटबलको तेस्रो स्थानमा

239 Shares

अष्ट्रेलियालाई हराउँदै स्वीडेन महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार तेस्रो स्थानका लागि भएको खेलमा स्वीडेन २-० ले विजयी भएको हो । ३० औं मिनेटमा फ्रिडोलिना रोल्फोको पेनाल्टी गोलमा स्वीडेनले अग्रता लिएको थियो । त्यसपछि ६२ औं मिनेटमा कोसोभारे अस्लानीले गोल गरेर स्वीडेनको जित सुनिश्चित गरिन् । हारपछि आयोजक अष्ट्रेलियाले भने चौथो स्थानमा चित्त बुझाएको छ । उपाधिका लागि स्पेन र इंगल्याण्ड भिड्नेछन् । 

सम्बन्धित समाचार

सबै