एसिया कप: नेपाल र भारत बिचको खेल आज, वर्षा बाधक बन्न सक्ने

433 Shares

 

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र भारत पहिलो पटक भिड्दै छन् ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच आज समूह चरणको अन्तिम खेलमा भिडन्त हुँदैछ।

न्युजिल्याण्ड समयअनुसार राती ९:३० बजेदेखि हुने उक्त खेलमा पनि वर्षा बाधक बन्ने सम्भावना देखिएको छ। मौसमविदहरुले उक्त समयमा पानी पर्ने सम्भावना ८९ प्रतिशत रहेको जनाएका छन्। स्टेडियम क्षेत्रको तापक्रम २१ देखि २७ डिग्री सेल्सियससम्म रहन सक्नेछ।

यसै स्टेडियममा शनिबार भएको भारत र पाकिस्तानबीचको खेल पनि मध्यराति वर्षातका कारण रद्द भएको थियो।

उक्त खेलमा पनि वर्षका कारण केवल एक मात्रै पारी सम्भव भएको थियो। अर्कातिर दोस्रो पारीको एकै बल नखेली खेल रद्द भयो। भारतले टस जितेर पूरै ओभर खेल्न नपाई २६६ रनमा समेटिएको थियो।

श्रीलंकाको मौसम विभागका अनुसार सोमबार क्यान्डीमा बिहान ८ बजेदेखि नै पानी पर्ने पूर्वानुमान छ। पानी पर्ने र रहने क्रम मध्यरातिसम्म चल्न सक्नेछ।

सम्बन्धित समाचार

सबै